बुटवलमा चिसो बढ्यो, जनजीवन प्रभावित

बुटवलमा चिसो बढ्यो, जनजीवन प्रभावित


बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । 

रुपन्देहीको बुटवलमा विगत केही दिनदेखि चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । दुई दिनदेखि घाम नलागेको तथा हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको सर्वसाधारणहरु बताउँछन् । चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ । 

जाडो छेक्नका लागि घर वरपर तथा सडकका छेउहरुमा आगो बालेर तापिरहेका स्थानीय देख्न सकिन्छ । दुई दिन अघिसम्म मौसम राम्रो भएपनि हालभने अचानक मौसममा फेरबदल आई चिसो बढेको स्थानीय बताउँछन् । बुटवलवासी घामको प्रतिक्षा गरिरहेका उनीहरुको भनाई छ ।
 
बुटवलसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । तराईका भूभाग तथा काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ । 

Logo