महिला जब धागो जस्तै बिकिनी लगाएर हिडिन्

एजेन्सी । एक महिला पर्यटक धागो जस्तै बिकिनी लगाएर फिलिपिन्सका सडकमा हिड्न थालिन् । समुद्रमा बिकिनी लगाउनु सामान्य मानिन्छ । तर ती महिला पर्यटकको बिकिनी असामान्य थियो ।

स्थानीय महिलाले उनको तस्बिर खिचेर सोसल मिडियामा समेत पोष्ट गरे । धागो जस्तै डोरीको बिकिनी लगाएकी ती महिलाको स्तनको निप्पल मात्र छोपिएको थियो । स्थानीय महिलाले उजुरी गरेपछि फिलिपिन्स प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

ताइवानकी २६ वर्षीया लिन जू तिंगलाई फिलिपिन्सको आयरल्याण्डबाट नियन्त्रणमा लिएको थियो । पक्राउ गरेकी महिला पर्यटकलाई प्रहरीले झण्डै चार हजार रुपैयाँ जरिवाना गराएको छ ।

आफ्नो प्रेमीसँगै फिलिपिन्स पुगेकी उनी बिकिनी पहिरनमा दुई पटक समुद्रतर्फ समेत गएकी थिइन् । उनलाई अश्लीलता सम्बन्धी कानूनबमोजिम पक्राउ गरेर कारवाही गरिएको हो ।