गृहजिल्ला पुगेर प्रधानमन्त्री प्रचण्डले भने- ‘यो कार्यकालमा भाषण कम, जनताको सेवा धेरै’

गृहजिल्ला पुगेर प्रधानमन्त्री प्रचण्डले भने- ‘यो कार्यकालमा भाषण कम, जनताको सेवा धेरै’


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भाषण कम गर्ने र जनताको सेवा धेरै गर्ने प्रण गरेको बताएका छन् ।

शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्- ‘मैले यो पटक हरेक दिन देशको पक्षमा, जनताको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु । धेरै भाषण गर्ने मनस्थितिमा छैन।’ साथै आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गरेको समेत उनले बताएका छन् । 

May be an image of 8 people

प्रधानमन्त्रीको सपथ ग्रहणलगत्तै सम्पन्न मन्त्रपरिषद्को पहिलो बैठकमै देशमा जारी आर्थिक संकट टार्न आवश्यक पहल गरेको पनि उनले बताए । साथै, अब देशमा व्याप्त भ्रष्ट्रचार, अनियमितता हटाइ सुसासन कायम गर्ने पक्षमा रहेको प्रधानमन्त्री प्रचण्डले बताए । जनतालाई पीरमर्का पर्ने कुनै पनि काम नगर्ने उनले प्रतिज्ञा पनि गरे ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला चितवन पुगेका हुन्। महोत्सवमा सहभागी भई उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

No description available.

May be an image of 3 people, people standing, crowd and outdoors

Logo