बढेको दूधको मूल्य फिर्ता

बढेको दूधको मूल्य फिर्ता


डेरी उद्योग सङ्घ र सङ्घमा आबद्ध डेरी उद्योगीले शनिवारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको मूल्य फिर्ता भएको छ ।

राष्ट्रिय दुुग्ध विकास बोर्डले सरोकारवाला निकायसँग छलफल गरी बढेको मूल्य तत्काललाई स्थगित गरिएको जनाएको छ । राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले  हरेक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ । यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले दूधको मूल्य तोकेको थियो । केही निजी डेरी उद्योगीले आफूखुशी मूल्य बढाएपछि चौतर्फी विरोध हुँदै आएको थियो । 

Logo