प्रदेश- १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

प्रदेश- १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

केन्द्रबिन्दु
0
Shares

प्रदेश- १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले  माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए । आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरिएकाे थियाे । 

प्रदेश- १ को प्रदेशसभा ९३ सदस्यीय छ । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । तर, कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सहित ६० जना सांसदले समर्थन गरेका छन् । प्रदेशसभामा कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ जना सांसदको पनि प्रतिनिधित्व छ ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि पद तथा गोपनीयताको शपथ लिने छन् ।

Logo