लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी–२० लिगको उपाधि

लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी–२० लिगको उपाधि


लुम्बिनी अल स्टार्सले पहिलो संस्करणको नेपाल टी–२० लिगको उपाधि जित हात पारेको छ । बुधबार किर्तिपुरस्थित टियु मैदानमा भएको फाइनल खेलमा विराटनगर सुपर किङ्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो । 

लुम्बिनीले दिएको १३४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रनमै रोकिएको हो । विराटनगरका लागि अर्जुन साउदले ३४ रन तथा प्रिथु बास्कोटाले ३१ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान रोहित पौडेल गोल्डेन डक आउट भए ।

लुम्बिनीका हरमीत सिंह र सागर ढकालले दुई–दुई विकेट लिए भन विपुल शर्मा, किशोर महतोले एक-एक विकेट लिए । 

May be an image of 6 people, people playing sports, people standing and text that says 'NEPALT20 CAN HARMEET 7 AIREE 45'त्यसअघि टस जितेर ब्याटिङमा गरेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर १३३ रन जोडेको थियो । लुम्बिनीका ओपनर लाहिरू मिलन्थाले सर्वाधिक ४१ रन बनाए भने अर्का ओपनर हर्मित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन तथा ईशान पाण्डेले १८ रन जोडे । 

विराटनगरका राज नानन र नन्दन यादवले दुई–दुई विकेट लिए । यस्तै, हुसैन तलात, किओन जोसेफ, सुर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए । 

May be an image of 5 people, people standing and people playing sports

अब प्रतियोगिताको विजेता टोली लुम्बिनीले ५५ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता विराटनगरले ३० लाख रुपैयाँमै चित्त बुझाएको छ । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाएको छ । 

May be an image of 3 people and outdoorsप्रतियोगितामा सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनीले प्लेअफको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यता प्लेअफको इलिमिनेटरमा काठमाडौं किङ्सलाई पराजित गरेको विराटनगरले पनि दोस्रो क्वालिफायरमा जनकपुरलाई नै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

Logo