प्राइम बैंकको लाभांश पारित, सञ्चालक समितिमा को–को ?

प्राइम बैंकको लाभांश पारित, सञ्चालक समितिमा को–को ?


प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ दशमलव ९५ प्रतिशतका दरले नगद लाभांश र चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न साधारणसभाबाट उक्त लाभांश दिने निर्णय गरेको हो ।

चुक्ता पूँजीको ४ प्रतिशत का दरले बोनस सेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड रुपैयाँ नाघेको छ । कम्पनीले साधारणसभाबट  निर्वाचन प्रणालीबाट निर्वाचित ५ सञ्चालकलाई अनुमोदन गरेको छ । संस्थापक सेयरधनीहरूको तर्फबाट राजेन्द्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्यलाई निर्वाचित गरेको हो । त्यस्तै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।
 

Logo