टी-२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी २० वरीयतामा नेपालले आफ्नो एक स्थान सुधार गरेको छ । आईसीसीले अद्यावधिक गरेको टी २० को नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औंँ स्थानमा उक्लिएको हो । अघिल्लो वरियतामा नेपाल १३ औंँ स्थानमा थियो ।

नयाँ वरीयता अनुसार नेपालले २१ खेलबाट १८९ अंक पाएको छ । एसोसियट राष्ट्रमध्येको टी २० वरीयतामा नेपाल शीर्ष स्थानमा छ ।

यसअघि नेपाल भन्दा माथि स्कटल्याण्ड र युएई रहेका थिए । अहिले उनीहरूको वरियता घटेको छ । स्कटल्याण्ड १६ औं र युएई १३ औं स्थानमा पुगेका छन् ।