Kendrabindu Top 5 : प्रधानमन्त्रीको स्वास्थ्यदेखि ज्ञानेन्द्र मल्लको बढुवासम्म (भिडियो बुलेटिन)

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । गएको असोज ५ गतेदेखि शुरु गरिएको टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आइसियुमा भर्ना भएका छन् । ओली नियमित चेकजाँचका लागि आज विहान धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल पुगेका थिए । पञ्चाङ्ग समितिको निर्णय अनुसार कात्तिक १२ गते नै भाइटीका भएपनि नेवार सुमुदायले भने आज मात्रै भाइटीका लगाएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले दिएको राजीनामा स्वीकृत गर्दै उप कप्तान मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो ।

भिडियो बुलेटिन हेर्न यहाँ क्लिक गर्नुहोस्  

 

थम्नेलमा फाइल फोटो प्रयोग गरिएको छ: स.