सिरियाको कार बम विस्फोटमा परि १३ जनाको मृत्यु, २० घाइते

सिरिया,

टर्कीसँग सीमा जोडिएको सिरियाली एक सहर तल अब्यादमा कार बम विस्फोट हुँदा कम्तिमा १३ जना मारिएका छन् ।

रक्षा मन्त्रालयका अनुसार २० जना घाइते भएका छन् । उक्त सहर टर्कीले सघाएको विद्रोही फौजको नियन्त्रणमा रहेको बताइएको छ । घटनाबारे पूर्ण विवरण अझै आइसकेको छैन ।
एजेन्सी