थाँती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

थाँती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आ-आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री प्रचण्डले गत सोमबार सम्पन्न मन्त्रीपरिषद् बैठकमा मन्त्रीहरुलाई सो निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जानकारी दिएका हुन् । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मी माझ उनले संसदलाई बिजनेश दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पारे । 

मन्त्री किरातीले सो सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मन्त्री र मन्त्रालयका सचिवहरुबीच छलफल गरिएको बताए । उनले संसदलाई विजनेश समेत दिनुपर्ने भएकाले सबै मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयमा थाति रहेका विधेयकहरुलाई अघि बढाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि बताए । 

Logo