डढेलो बस्तीमा पस्दा कम्तीमा तीन जनाको मृत्यु, थुप्रै विस्थापित

एजेन्सी । अष्ट्रेलियाको जंगलमा एक झाडीबाट सल्किएको डढेलो बस्तीमा पस्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १ सय ५० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

अष्ट्रेलियाको पूर्वी क्षेत्रको करिब १ हजार किलोमिटर क्षेत्रमा आगो लागेको हो । डढेलोमा परेर घाइते कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान सरकारी अधिकारीहरूले गरेका छन् ।

डढेलोका कारण हजारौं नागरिक विस्थापित भएका छन्  भने केही हराइरहेका छन् ।

उक्त क्षेत्रमा करिब १०० स्थानमा लागेको डढेलो निभाउनका लागि एक हजार ३ सय अग्नि नियन्त्रक टोली पठाइएको र आवश्यकता अनुसार सेनालाई पनि सहयोगका लागि आग्रह गर्न लागिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन् । स्थानीय सयौं व्यक्तिले डढेलो नियन्त्रणका लागि स्वयंसेवकका रूपमा अहोरात्र काम गरिरहेका छन् ।

डढेलो बस्तीमा पस्दा कम्तीमा तीन जनाको मृत्यु, थुप्रै विस्थापित