#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
फाइल फोटो/नेपाली कांग्रेस पार्टी कार्यालय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ६ सदस्यीय अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ । केन्द्रीय सदस्य  रमेश लेखकको संयोजकत्वमा कांग्रेसले  मंसिर १४ गते हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धांधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टीको विधान बमोजिम “अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६” को गठन गरेको हो ।

अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६ को संयोजकमा केन्द्रीय सदस्य रमेश लेखक रहेका छन् । सदस्यहरुमा  केन्द्रीय सदस्य  सीता गुरुङ्ग, नेपाल प्रेस यूनियन वरिष्ठ उपाध्यक्ष  दिपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता  सिताराम के.सी., अधिवक्ता  तेज रावल रहेका छन् । साथै सदस्य सचिवमा अधिवक्ता केशव रिजाल छन् ।

उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उचित सुरक्षा व्यवस्थापनको अवस्था हेरी सो सम्बन्धमा निर्वाचन आयोग तथा सम्बन्धित निकायको ध्यानाकर्षण र समन्वय गर्ने गराउने समितिको कार्य क्षेत्र छ । समितिले उपनिर्वाचनमा पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई पार्टीका पक्षमा प्रचार प्रसार गर्न, बढी भन्दा बढी मतदातालाई मतदान गर्न उत्प्रेरित गर्ने, स्वच्छ, स्वतन्त्र रुपले मतदान कार्य सम्पन्न गर्न र मतगणना लगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गर्नेछ ।

कांग्रेसद्वारा उपनिर्वाचन अनुगमन गर्न समिति गठन

सम्बन्धित समाचारहरु

ताजा समाचार