टी १० मा नेपाली खेलाडीद्वय पारस र सन्दीपको टिमको खेल आज

युएईमा जारी टी १० क्रिकेटमा आज नेपालका पूर्व कप्तान पारस खड्का तथा लेगस्पिनर सन्दीप लामिछाने आवद्ध टिमले दोस्रो खेल खेल्दै छन् ।

दुवै टिममा पारस र सन्दीप टिममा पर्ने सम्भावना छ । पारस र सन्दीपको टिम फरक फरक समूहमा भएकाले समूह चरणमा भने भेट हुने छैनन् । नेपाली समय अुनसार पारसको टिम अबुधावीले नर्दन वारियर्ससँग अपरान्ह सवा पाँच बजे खेल्नेछ ।

पहिलो खेलमा टिम अबुधावीले ‘ड्र’ खेलेको थियो । उक्त खेलमा पारसले नटआउट ३ रन बनाएका थिए । उनको टिम क्वालन्दर्ससँग बराबरीमा रोकिएको हो ।

यस्तै लेगस्पिनर सन्दीपको टिम कर्नाटका टस्कर्सले पहिलो खेलमा १९ रनको जीत हात पारेको थियो । उक्त खेलमा सन्दीपले १९ रन खर्चिएर १ विकेट हात पारेका थिए ।

सन्दीपको टिम कर्नाटकाले आज नेपाली समय अनुसार राति साढे सात बजे बांग्ला टाइगरसँग खेल्नेछ ।

टी १० मा नेपाली खेलाडीद्वय पारस र सन्दीपको टिमको खेल आज