नायिका गिरि भन्छिन्- माया गर्ने जोडीलाई ‘भ्यालेन्टाइन डे’ नै कुर्नुपर्छ भन्ने छैन

नायिका गिरि भन्छिन्- माया गर्ने जोडीलाई ‘भ्यालेन्टाइन डे’ नै कुर्नुपर्छ भन्ने छैन


नेपाली कलाकारितामा अहिले नायिका तथा मोडल अनिता गिरिको चर्चा बढ्दै गइरहेको छ । ७ वर्षदेखि अनिता यस कला क्षेत्रमा काम गर्दै आएकी छिन् । उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठुलो पर्दामा देखिँदै छिन् । सानै उमेर देखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तो पनि भुमिका निर्वाह गर्न सक्नुपर्छ भन्ने मान्यता राख्छिन् ।

आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । विश्वभर खासगरी युवायुवतीहरुले एकअर्काबीचको अब्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा आजको दिनलाई लिने गरेको पाइन्छ । नेपालमा पनि युवायुवतीहरुले प्रेम दिवस मनाइरहेका छन् । यसै सन्दर्भमा नायिका तथा मोडल गिरिसँग गरेकाे कुराकानीकाे सम्पादित अंश- 

भ्यालेन्टाइन डे तपाईंको लागि कतिको स्पेशल छ ?
-मेरो लागि खासै केही पनि स्पेशल त छैन । म हाल नम्बरी सुनको सुट मै छु। 

कस्तो खालको प्रेमीको खोजीमा हुनुहुन्छ ? 
-माया गर्ने जोडीलाई भ्यालेन्टाइन डे नै कुर्नुपर्छ भन्ने छैन। माया गर्ने जोडीलाई जुनसुकै डे स्पेसल डे हो । 

कस्ता खालका प्रेम प्रस्तावहरु आउँछ्न् ? 
-दर्जनौँ प्रेम प्रस्तावहरु नआएका होइनन् । तर विशेष प्रस्ताव अहिलेसम्म नआएको हाे । "आइ लभ यु" भन्ने शब्द नै सामान्य हुन थाल्यो । तर अहिलेसम्म सिङ्गल नै छु। 

तपाईंको रोजाईमा कस्तो प्रेमी होस् भन्ने चाहानुहुन्छ?
-सबैभन्दा ठुलो कुरा विश्वास हो र धेरै माया गर्ने होस् । सोच पनि एउटै किसिमको होस भन्ने चाहन्छु । 

नायक पल शाहलाई प्रेम दिवसमा कसरी सम्झिन चाहानुहुन्छ ? 
-आजको दिन मात्र मैले उहाँलाई सम्झिएकी होइन तर मेरा कयौँ अन्तर्वार्तामा उहाँ प्रतीको मेरो भावना र उहाँलाई दिने सम्मान दिइरहेकी हुन्छु । हामी सम्पूर्ण इन्डस्ट्री नै उहाँलाइ मिस गरिरहेका छौँ ।

Logo