एमएडब्ल्यु ग्रुपले सेरेस समूहका अत्याधुनिक ईभी नेपाल भित्र्याउने

एमएडब्ल्यु ग्रुपले सेरेस समूहका अत्याधुनिक ईभी नेपाल भित्र्याउने


चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी सेरेस समूहका अत्याधुनिक इलेक्ट्रिक गाडी नेपाली बजारमा पनि भित्रिने भएका छन् । विभिन्न ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको एमएडब्ल्यु ग्रुपले सो इलेक्ट्रिक गाडीलाई पनि बजारमा ल्याउने तयारी गरेको हो । 

दुई कम्पनीबीचको सम्झौताअनुसार २०२३ को तेस्रो त्रैमासिकदेखि सेरेसले एमएडब्ल्यूको डिलरसीपहरूको विस्तृत नेटवर्क मार्फत नेपालमा ईभी एसयूभी, ईभी सेडान्स र ईभी मिनी ईभी सार्वजनिक गर्नेछ ।
 
सेरेस समूहसँग सहकार्य गरेर अत्याधुनिक ईभी नेपालमा ल्याउन पाउँदा हर्षित भएको बताएका एमएडब्ल्यु समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले यसले नेपाली अटो बजारमा आफूहरुको नेतृत्व स्थितिलाई अझै बलियो बनाउने विश्वाससमेत व्यक्त गरे । 

साथै सेरेस समूहका विदेशी आयात तथा निर्यात कर्पोरेसनका उपमहाप्रबन्धक झाउ लिगाङले एमएडब्ल्यू समूहसँग साझेदारीमा सेरेसका उत्पादनहरु नेपालमा ल्याउन पाउँदा आफूलाई पनि खुसी लागेको बताएका छन् । सेरेस विश्वव्यापी स्तरमा जोडिएका सबै कुराको साथ अटोमोटिभ इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध भएको उनको भनाई थियो । 
 

Logo