टोटनहमसँग चेल्सी पराजित

टोटनहमसँग चेल्सी पराजित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले चेल्सीलाई पराजित गरेको छ ।

टोटेनहमले घरेलु मैदानमा चेल्सीलाई २–० ले पराजित गरेको हो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा ओलिभर स्किप र कप्तान ह्यारी केनले ले गोल गर्दै चेल्सीलाई २–० ले पराजित गरेको हो । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

दोस्रो हाफको शुरुमै ओलिभर स्किपले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए भने ८२औं मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनहमको जित पक्का गरिदिए । यस जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २५ खेलबाट ४५ अंकमा छ भने चेल्सी २४ खेलबाट ३१ अंकसहित १०औं स्थानमा छ ।

Logo