सांसदहरुलाई प्रशिक्षण दिँदै कांग्रेस

सांसदहरुलाई प्रशिक्षण दिँदै कांग्रेस

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो दलका सांसदहरुलाई संसदीय प्रक्रिया र भूमिकाबारे वृहत प्रशिक्षण दिने भएको छ।

संसदको बजेट अधिवेशन सुरु हुनुभन्दा एकदिन अघि २७ गते बिहीबार सांसदहरुलाई प्रशिक्षण दिन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेसले ऐन संशोधनका लागि आउने विधेयक र अरु महत्वपूर्ण बिषयमा आफ्नो दलको भूमिका अपेक्षाकृत कमजोर भएको भनेर आएका प्रतिक्रियालाई ध्यानमा राखेर यस्तो प्रशिक्षणको आयोजना गरेको लेखकको भनाई छ।

पार्टीको उच्च पदमा रहेका सांसदको संसदका बैठकहरुमा पातलो उपस्थिति देखिएको, महत्वपूर्ण अवसरमा प्रभावकारी प्रस्तुतिको अभाव रहेको र बिषयवस्तुको पर्याप्त जानकारीको कमी देखिएको जस्ता पक्षहरुको समीक्षा गरेर सांसदहरुको अनुभव सुन्ने सुनाउने संसदीय दलको उदेश्य रहेको बताईएको छ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सदस्य छन्।

Skip This
Logo