कांग्रेसको निर्णय: संसदीय छानबिन समितिको निरन्तरता कायमै

कांग्रेसको निर्णय: संसदीय छानबिन समितिको निरन्तरता कायमै

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

बुधबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको भन्दै कांग्रेसले यस अगाडिपनि छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै सदन अवरूद्ध गरेको थियो।

सोही अनुसार २८ गतेदेखि बोलाइएको बजेट अधिवेशनमापनि सोही मागलाई निरन्तरता दिने निर्णय गरेको हो।

Skip This
Logo