आइसीसी यु-१९ विश्वकप छनोटः युएईविरुद्ध नेपालको खराव सुरुवात

आइसीसी यु-१९ विश्वकप छनोटः युएईविरुद्ध नेपालको खराव सुरुवात


नेपालले आइसिसी यु-१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्ध खराव सुरुवात गरेको छ । 

युएईको अजमानको इडन ग्रार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । तर, सुरुवातमै ३ विकेट गुमाएको छ । पहिलो ओभरको पहिलो बलमै ओपनर दीपक बोहरा बोल्ड आउट हुन पुगे । त्यसपछि ३.५ ओभरमा अर्का ओपनर अर्जुन कुमाल पनि तीन रनमा स्टम्पिङ आउट भए । साथै ६ं.१ ओभरमा आकाश त्रिपाठी ९ रनमा पेभेलिउन फर्किए ।  

नेपाल आजको खेलमा विजयी भए आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने यु-१९ विश्वकप क्रिकेटको भए यात्रा तय गर्नेछ । नेपाल सन् २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । 

प्रतियोगितामा नेपाल यसअघि खेलेका चार वटै खेलमा विजयी भएको थियो । नेपालले यसअघि सिङ्गापुर, कुवेत, हङकङ र मलेसियालाई पराजित गरेको थियो । यता युएईले पनि सिङ्गापुर, कुवेत, हङङकङ र मलेसियालाई पराजित गरेको छ ।  

Logo