होलीमा चांगन अटोको आकर्षक अफरः साढे २ लाखसम्मको नगद छुट

होलीमा चांगन अटोको आकर्षक अफरः साढे २ लाखसम्मको नगद छुट


नेपालीहरुको पर्व फागू पुर्णिमालाई लक्षित गर्दै चांगन अटो नेपालले आकर्षक अफर ल्याएको छ । 

‘ग्रान्ड एक्स्चेन्ज कार्निवल’ नामक यस अफर अन्तर्गत ग्राहकले आफूसंग भएको कुनै पनि ब्रान्डको पुरानो गाडीसँग चांगनको व्रान्ड न्यू सेडान कार एल्सभिन र पिकअप हन्टर साट्न सक्नेछन् । एक्सचेन्जमा ग्राहकले आफ्नो पुरानो गाडीमा उचित मूल्यांकनसमेत पाउने छन् ।

साथै यस अफरमा ग्राहकले २ लाख ५० हजार सम्मको नगद छुट, २ लाख सम्मको एक्स्चेन्ज बोनस, १ वर्षको सवारी मर्मत, कर तथा बिमाको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा चांगन अटोका गाडीलाई एमएडव्ल्यू ग्रुप अन्तर्गतको एमएडव्ल्यू वृद्धि अटो कर्पले विक्री वितरण गर्दै आइरहेको छ ।

Logo