मेयर बालेनले भक्तपुर पुगेर भेटे नेता बस्नेतलाई, सहकार्य गर्ने सहमति

मेयर बालेनले भक्तपुर पुगेर भेटे नेता बस्नेतलाई, सहकार्य गर्ने सहमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले नेकपा एमालेका नेता महेश बस्नेतलाई भेटेका छन् । 

मेयर शाह बुधबार विहान भक्तपुरको गुण्डुस्थित बस्नेत निवासमा पुगेका हुन् । सो क्रममा मेयर शाह र नेता बस्नेतबीच विगतको असमझदारी सकिएको भन्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्नेबारे कुराकानी भएको बताइएको छ । 

पछिल्लोसमय नेता बस्नेत मेयर शाहको चर्को आलोचकको रुपमा प्रस्तुत हुँदै आएको थिए। महानगरको हरेक एक्सनमा उनले प्रश्न उठाउँदै आएका थिए । 

Logo