बागलुङमा बाम गठबन्धन विजयी, धरानमा काँग्रेसको अग्रता बढ्यो

प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बागलुङ २ को (ख) को अन्तिम परिणाम आएको छ । अन्तिम परिणाम अनुसार सो क्षेत्र मा बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीले ११ हजार २३५ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका जीतबहादुर शेरचनले ९ हजार १३८ मत ल्याएका छन् ।

यसैबीच, सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता बढाएको छ। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका तिलक राईले २१ हजार ३११ मत ल्याएका छन् । यहाँ नेकपाका प्रकाश राईको २० हजार ८ मत आएको छ ।

बागलुङमा बाम गठबन्धन विजयी, धरानमा काँग्रेसको अग्रता बढ्यो