नयाँ वर्षको पहिलो कारोबार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नयाँ वर्षको पहिलो कारोबार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?


२०८० सालको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत चैत ३० गते (बिहिबार)प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको हो । 

साथै आज तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

त्यसैगरी आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । गत चैत ३० गते स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको हो ।  

Logo