जोटाको दुई गोलमा लिभरपुल बिजयी

जोटाको दुई गोलमा लिभरपुल बिजयी


प्रिमियर लिगमा लिभरपुलले नटिङहम फरेस्टलाई ३-२ ले पराजित गरेको छ। लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो भने दोस्रो हाफमा भने लिभरपुलले सुरुवाती गोल हानेको थियो । 

लिभरपुलका डिएगो जोटाले  खेलको ४७औं मिनेटमा गोल हानेर लिभरपुलको अग्रता कायम गर्न सुरु गरे । तर, नटिङहमका नेको विलियम्सले ५१औं मिनेटमा गोल फर्काए पछि खेल १–१ को स्थीतिमा रहन पुग्यो । पुन जोटाले ५५औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे पनि मवर्गन गिब्स ह्वाइटले ६७औं मिनेटमा गोल फर्काउदै खेल २–२ को बराबरीमा पु-याएका थिए ।

अन्त्यन्त रोमाञ्चारकी उक्त खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । अन्नतः मोहमद सालाहले ७०औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–२ को जीत दिलाउन सफल भए । लिभरपुल ३१ खेलबाट ५० अंक जोडेर सातौँ स्थानमा छ ।

Logo