‘नेपालमा साइबरस्पेसको नियमनसम्बन्धी राष्ट्रिय सिम्पोसियम’ छलफल जारी

‘नेपालमा साइबरस्पेसको नियमनसम्बन्धी राष्ट्रिय सिम्पोसियम’ छलफल जारी


विश्व प्रेस स्वतन्त्रता दिवश, २०२३ को उपलक्षमा काठमाडौंमा “नेपालमा साइबरस्पेसको नियमन सम्बन्धी राष्ट्रिय सिम्पोसियम” कार्यक्रम आयोजना भएको छ । 

नेपाल बार एशोसिएशन र डिजिटल फ्रिडम कोएलिसनले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा प्रस्तावित विधेयकको समग्र पक्षमा सांसद र सरोकारवालाहरुले अहिले धारणा राख्ने क्रम जारी छ । छलफललाई तीन समूहमा विभाजन गरिएको छ ।

पहिलो पत्रमा अहिले नेपालमा साइबरस्पेसको मुद्दा र दृष्टिकोणमाथि सांसदहरु गगन थापा, गोकुल बास्कोटा, भानुभक्त जोशी र सुमना श्रेष्ठले धारणा राखिरहेका छन् । 

No description available.

यस्तै मेटाको पोलिसी प्रमुख आइशा हसिम, इन्फोडेभलपर्स प्रालिका सिईओ उमेश रघुवंशी र नेप्लिकसका अध्यक्ष किशोर पन्थले आआफ्नो धारणा राख्नेछन् । अर्काे सत्रमा प्रमुख सचेतकहरु कांग्रेसका रमेश लेखक, एमालेका पदम गिरी र सन्तोष परियार तथा सञ्चारिका समूहकी पूर्वअध्यक्ष नितु पण्डितले धारणा राख्नेछन् ।

No description available.

Logo