तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० बैसाख २२ गते शुक्रबार। ०५ मे २०२३।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज नयाँ कार्य प्राप्तिको योग छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला पनि मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । नजिकै घुम्न पनि पाइनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्ध बलियो र सुदृढ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पारिवारिक सद्भाव बढ्नेछ, तर शेयर बजारमा भने नोक्सानी नै रहला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । यात्रा गर्दा पनि सचेत हुनुपर्छ, तर साँझमा भने कुनै कुराले मन खुसी हुन्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोजगारको अवसर पनि मिल्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक तनाव बढेको महसुस हुनेछ, तर साँझमा मन प्रसन्न रहला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग पनि छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ।

Logo