आत्माघाती गोलको उपहारसँगै आर्सनल विजयी

आत्माघाती गोलको उपहारसँगै आर्सनल विजयी


इंग्लिस प्रिमियर लिगकाे जारी खेलमा आर्सनलले सहज जीत निकालेकाे छ । आर्सनलले घरेलु टोली न्यूक्यासल युनाइटेडलाई २-० ले पराजित गर्दै सहज जीत दर्ज गराएकाे हाे ।

सेन्ट जेम्स पार्कमा आइतबार राति भएको खेलको १४औँ मिनेटमा कप्तान ओडेगार्डले गोल गर्दै आर्सनललाई १-० को सुरुवाती अग्रता दिलाए ।  पहिलो हाफमा दुबैतर्फवाट कुनै गोल हुन नसके पछि खेल १-० मा टुंगिन पुग्यो ।

तर, दोस्रो हाफको ७१औँ मिनेटमा न्युक्यासलका फावियनले आत्मघाती गोल गरेपछि आर्सनल सहज रुपमा २-० ले विजयी हुन पुग्यो । यस जितसँगै आर्सनलले ३५ खेलबाट ८१ अंक बटुलेको छ भने पराजित न्यूक्यासल ३४ खेलबाट ६५ अंक जोडेर तेस्रो स्थानमा छ ।
 

Logo