काठमाडौँ महानगरले विद्यालयका हरेक कक्षा कोठामा डिजिटल बोर्ड राख्दै [भिडियाेसहित]

काठमाडौँ महानगरले विद्यालयका हरेक कक्षा कोठामा डिजिटल बोर्ड राख्दै [भिडियाेसहित]


काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ मा आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा डिजिटल बोर्ड राख्ने भएको छ । विद्यालयको प्रत्येक कक्षामा एउटा डिजिटल बोर्ड राख्ने गरी महानगरपालिकाले तयारी थालेको हो । 

महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा यो कुरा समावेश गर्न गृहकार्य गरिरहेको मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय प्रमुख नुरनीधि न्यौपानेले जानकारी दिए । यो कामको लागि धेरै खर्च हुने भएकाले सङ्घीय सरकारसँग बजेट माग गरिएको उनले बताए ।

सामुदायिक विद्यालय सङ्घीय सरकारको समेत भएकाले डिजिटल बोर्डका लागि बजेट छुट्याइने कुरामा आफूहरू विश्वस्त भएको उनले जनाएका छन् । यदि सरकारले यसका लागि बजेट नदिए महानगरपालि आफैंले आन्तरिक स्रोतबाट यो काम गर्ने पनि उनको भनाई छ । त्यस्तै उनका अनुसार सरकारले यसमा बजेट छुट्याएको खण्डमा महानगरपालिकाले विद्यालयमा आवश्यक पर्ने प्रविधिका अन्य स्रोत पनि जुटाउने छ । 

हाल महानगर भित्र ९३ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । ती मध्ये कतिपय विद्यालयहरूमा एउटै कक्षामा धेरै सेक्सन हुने भएकाले सबै कक्षामा डिजिटल बोर्ड राख्न आफूहरू लागि परेको न्यौपानेको भनाई छ । साथै यो कामले शैक्षिक गुणस्तर उकास्न भूमिका खेल्ने समेत महानगरको विश्वास छ ।

Logo