‘नेपालमा बनेको रकेट अमेरिकामा प्रदर्शनी हुनु गौरवको विषय’ -योगेश भट्टराई

‘नेपालमा बनेको रकेट अमेरिकामा प्रदर्शनी हुनु गौरवको विषय’ -योगेश भट्टराई


नेकपा एमालेका नेता योगेश भट्टराईले सीबीएम कलेजले नेपालको गौरव बढाउने काम गरेको बताएका छन् । 

बुधबार डिल्लीबजारस्थित सीबीएम कलेजमा नेपालमा नै बनेको रकेट प्रदर्शनीको अवलोकन गर्दै नेता भट्टराईले यो विषयलाई संसद मार्फत सरकारमा पु-याउने बताएका हुन् । 

उनले भने, ‘हामी विज्ञान र प्रविधिको हिसावले पछाडि परेको मुलुक त्यसको बावजुत पनि विज्ञान र प्रविधिमा धेरै पहिले नै विकास गरिसकेका कतिपय मुलुकलाई उछिन्दै १९८ वटा सहभागी देशहरुमध्ये २४ वटा राष्ट्रहरु यसका छनौट भयो । त्यसमध्ये नेपाल पनि एक हो । यो निकै नै गर्वको कुरा हो ।’

कलेज र विद्यार्थीले मिलेर ३० लाख भन्दा बढी खर्चमा रकेटको निर्माण गरेका हुन् । नेपाल सरकारले रकेटको प्रदर्शनी अवलोकनको क्रममा अमेरिकामा आउने जाने खर्चको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने आशा कलेज र विद्यार्थीको छ । यस विषयमा संसदमा कुरा उठाइदिने प्रतिबद्धता भने सांसद भट्टराईले व्यक्त गरेका छन् । 

Logo