रेशम चौधरी रिहा, श्रीमती रञ्जितादेखि एलिजासम्मले गरे स्वागत

रेशम चौधरी रिहा, श्रीमती रञ्जितादेखि एलिजासम्मले गरे स्वागत


टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ जेलजीवन बिताइरहेका रेशम चौधरी रिहा भएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी भएपछि चौधरी सोमबार बिहान केन्द्रीय कारागार डिल्लीबजारबाट रिहा भएका हुन् ।

चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेका उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी, बुबाआमा,  नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमलगायतले फूलमालाले स्वागत गरेका छन् ।

 

Logo