बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै


बागमती प्रदेशसभा बैठक आज पनि बस्दैछ। बैठक बिहान १० बजेका लागि बोलाइएको छ।

उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्न बारे सरकारका तर्फबाट मुख्यमन्त्री र मन्त्रीहरूले जवाफ दिनेछन् भने त्यस लगत्तै प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम पारितका लागि निर्णायार्थ पेस गर्नेछन् । उक्त बैठकहरूमा सत्तापक्ष र प्रतिपक्ष गरी ५५ जना प्रदेश सभाका सदस्यहरूले नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिएका थिए ।

Logo