#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1219276155253445499977090230
नेपाल164233586367752

भ्वाइस अफ नेपाल टिमको म्युजिकल टुर मार्चबाट हुने (भिडियोसहित)

काठमाडौं । नेपाली रियालिटी टेलिभिजन शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का विजेताहरुले नेपाल बाहिरका ४ देशहरुमा म्यूजिकल टुर गर्ने भएका छन् । कार्यक्रमका विजेता शिशिर फागु (राम लिम्बु), सेकेन्ड रनर अप सनिष श्रेष्ठ, थर्ड रनर अप आरिफ राउपÞm, फोर्थ रनर अप अनु रानामगर र फिफ्थ रनर अप यान्की योल्मोले बेलायत, युरोप, क्यानाडा र इजरायलमा प्रस्तुति दिने भएका हुन् । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै आयोजक इन्टरनेशनल इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्लु वर्डले कार्यक्रम बारे जानकारी दिएको थियो ।
ब्लु वर्डका अध्यक्ष रोशन पराजुलीका अनुसार मार्च ३ देखि २३ सम्म बेलायत, मार्च २७ देखि अप्रिल १९ सम्म युरोप, जुनको तेस्रो साता क्यानडा र अप्रिलको तेस्रो साता इजरायलमा सांगीतिक कार्यक्रम हुनेछ । बेलायतको ९, क्यानडाको ४, इजराइलको १ र युरोपका विभिन्न शहरमा उक्त कार्यक्रम संचालन गरिनेछ ।
कार्यक्रमबाट उठेको रकमको केही प्रतिशत चाबहिलस्थित स्नेहा आश्रमलाई दिने बताइएको छ । यस म्युजिकल टुरले पर्यटन प्रर्वद्धन अभियान ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई विश्वव्यापी रुपमा प्रचार गर्न सहयोग हुने आयोजकको भनाइ छ ।

सबै देशका कार्यक्रमबाट उठेको रकमको केही प्रतिशत चाबहिलस्थित स्नेहा आश्रमलाई दिने बताइएको छ । कार्यक्रममा द भ्वाइस प्रतियोगी सनिष, अनु र यन्कीले टुरलाई लिएर आफुहरु उत्साहित रहेको बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार