परीक्षणमै कसरी फुट्यो मेलम्चीको अस्थायी ड्याम ?

परीक्षणमै कसरी फुट्यो मेलम्चीको अस्थायी ड्याम ?


काठमाडौं ।

मंगलबार दिउसो पानी भरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका फुट्दा पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतिश गोहित बेपत्ता भएका छन् । त्यहाँ कार्यरत कर्मचारी युवराज गिरीले दिएको जानकारी अनुसार कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको जानकारी दिए।

बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। ढोका फुटे पछि आएको बाढीले बा१झ ८७६४ नंको हाइलक्स गाडीसमेत बगाएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको छ ।रासस

Logo