हङकङ र नेपालको खेल रद्दः नेपाल समूह चरणबाटै बाहिरियो

हङकङ र नेपालको खेल रद्दः नेपाल समूह चरणबाटै बाहिरियो


नेपाल एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। 

प्रतियोगिता अन्तर्गत आज विहान हुने भनिएको खेल नेपाल र हङकङबीचको खेल पानिका कारण रद्द भएसंगै नेपालको यात्रा सकिएको हो। 

एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाल र हङकङबीचको खेल टस समेत हुन नसकि रद्द भएको हो। खेल रद्द भएसँगै नेपाल र हङकङले १/१ अंक बाडेका छन्।
 
अंक बाडेसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ। नेपाल र हङकङ बाहिरिएसँगै भारत ए र पाकिस्तान ए यस समूहबाट सेमिफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो। बिहीबार भारत ए सँगको दोस्रो खेल भने बर्षाका कारण रद्द भएको थियो।एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो। 

Logo