युरो कपमा ब्रुनो चम्कँदा पोर्चुगलको सानदार जित

युरो कपमा ब्रुनो चम्कँदा पोर्चुगलको सानदार जित


मिडफिल्डर ब्रुनो फर्नान्डेसले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि युरो कप २०२४ को छनोटमा पोर्चुगलले सानदार जित दर्ता गरेको छ।

लिस्वोआमा शनिबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले खेलको सुरुवातदेखि नै बोस्नियामाथि दवाव बढाएपनि गोलको लागि पहिलो हाफको अन्तिम समय पर्खनु परेको थियो । ४४औँ मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाए । उनले ब्रुनोको पासमा गोल गर्न सफल भए ।

घरेलु मैदानमा पोर्चुगलले बोस्निया एण्ड हर्ज गोभिनामाथि ३–० को सहज जित आत्मसात गरेको हो। पहिलो हाफका एक गोल गरेको पोर्चुगलले दोस्रो हाफमा दुई गोल थप्दै जित पक्का गर्यो।

त्यसपछिको दुवै गोल ब्रुनोको नाममा रह्यो । ७७औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे। उनले रुवेन नेभेसको पासमा गोल गर्न सफल भए। यस जितसँगै समूह ‘जे’ मा अपराजित रहेको पोर्चुगल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पराजित बोस्निया ३ खेलबाट ३ अंक जोडेर चौँथो स्थानमा छ।

Logo