#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1155668153677644844136535492
नेपाल157843492036547

ओली र मोदीद्वारा भिडिओ कन्फरेन्स मार्फत ‘आईसीपी’ को उद्घाटन

विराटनगर ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा भिडियो कन्फ्रेसमार्फत् संयुक्त रुपमा विराटनगर एकीकृत जाँच चौकीको उद्घाटन भएको छ ।

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा भिडिओ कन्फरेन्स मार्फत बिहान ११ बजे यसको उद्घाटन भएको हो ।

उद्घाटनसँगै नेपाल र भारत सरकारको संयुक्त लगानीमा विराटनगरमा निर्मित एकीकृत जाँच केन्द्र (आईसीपी) आजबाट सञ्चालनमा आउँदैछ ।

डिजिटल भिडियो कन्फ्रेन्स मार्फत दुई प्रधानमन्त्रीले स्वीच अन गरेर यसको उद्घाटन गरेका थिए । उद्घाटनपछि निर्माणको जिम्मा लिएको भारत सरकारले आईसीपी नेपाल सरकारलाई मंगलबार नै हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार