धादिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु

७ माघ, काठमाडौं । धादिङकाे नीलकण्ठ नगरपालिका–८ मा मिनिट्रक गाडी दुर्घटना हुँदा ६ जनाको निधन भएको छ ।

धादिङकै ज्वालामुखी गाउँपालिका–४ ढोलामण्डलीको दर्शन गरेर फर्किएका तीर्थयात्री बोकेको ग १ ख ८०१२ नम्बरको मिनिट्रक सडकमै पल्टिँदा ६ जनाको मृत्यु भएको हाे ।   दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । साथै ४ जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइतेलाई उपचारका लागि हेलीकाेप्टरमार्फत काठमाडौं पठाउन लागिएको एसपी रेग्मीले बताए । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार