काभा पुरुष भलिबलमा नेपालको लगातार दोस्रो हार

काभा पुरुष भलिबलमा नेपालको लगातार दोस्रो हार


किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा सोमबार भएको खेलमा आयोजक किर्गिस्तानसँग ३-१ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो।किर्गिस्तानले नेपाललाई २६-२४,२१-२५,२५-१८ र २५-१६ ले हराएको हो।

आइतबार भएको खेलमा नेपाललाई मंगोलियाले ३-१ को सेटमा हराएको थियो।काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।अब नेपालले तेस्रो खेलमा मंगलबार इरानसँग खेल्नेछ ।

Logo