नमस्ते पेकाे बम्पर अफरः ल्यापटप र स्कुटर जित्ने मौका

नमस्ते पेकाे बम्पर अफरः ल्यापटप र स्कुटर जित्ने मौका


नमस्ते पेले नयाँ तथा विद्यमान दुवै ग्राहकहरुका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान सुरु गरेको छ । 

यस अभियानअन्तर्गत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले ल्यापटप र स्कुटर जित्ने मौका पाउनेछन्। अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ। साप्ताहिक अफरहरू जस्तै स्मार्ट वाच, ट्राभल प्याकेज र उडान टिकटमा १०० प्रतिशत क्यासब्याकको लागि योग्य हुन प्रयोगकर्ताहरूले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ।

त्यसैगरी, दैनिक अफरहरू जस्तै रु. ५०० वालेट ब्यालेन्स, 1GB डाटा प्याक र रु. १०० क्यासब्याक विशेष गरी नमस्ते पे का नयाँ प्रयोगकर्ताहरूका लागि हुन्। यस अफरको लागि योग्य हुन प्रयोगकर्ताहरूले नमस्ते पे एप डाउनलोड र दर्ताका साथै केवाईसी प्रमाणित गर्नुपर्ने छ।

यो अभियान सिमित अवधिका लागि सुरु भएको हो।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

Logo