जेएमसिको भिगस् प्लस् पिकअपमा आकर्षक फाइनान्स सुविधा

जेएमसिको भिगस् प्लस् पिकअपमा आकर्षक फाइनान्स सुविधा


छोटो समयमै नेपाली बजारमा राम्रो प्रभाव पार्न सफल ब्रान्ड जेएमसिले भिगस् प्लस् नामक आफ्नो पिकअप गाडी खरिदकर्ताका लागि आकर्षक फाइनान्स अफर ल्याएको छ। 

यस अफरअन्तर्गत खरिदकर्ताहरूले ७५ प्रतिशत फाइनान्समा भिगस् प्लस् गाडीलाई आफ्नो बनाउन सक्नेछन्। खरिदकर्ताकै सहजताका लागि भनेर अफर अन्तर्गत २४ घण्टाभित्र डेलिभरी, आकर्षक नगद छुट र सहज एक्सचेन्जका साथ हरेक टेस्ट ड्राइभमा उपहारसमेत जेएमसिले दिँदै आएको छ।

त्यसका साथै सोरुम नधाइकन टेस्ट ड्राइभ गर्न चाहनेका लागि भनेर जेएमसिले डुवरस्टेप सुविधा पनि लिएर आएको छ। जसमा जेएमसिका कर्मचारीहरु गाडी लिएर टेस्ट ड्राइभ गर्न इच्छुक खरिदकर्ताको घरै सम्म पुग्ने सुविधा रहेको कम्पनीले जनाएको छ।

नेपालमा शंकर ग्रुपको मातहतमा रहेको सौर्य ग्रुप आधिकारिक विक्रेता रहेको जेएमसि एक चाइनिज सवारी साधन कम्पनी हो। फो व्हिल डाइभ भएको भिगस् प्लस् मोडलको पिकअपजस्ता अत्याधुनिक र गुणस्तरका गाडी उत्पादन गर्ने जेएमसिले चीनको बजारमा बलियो प्रभाव पार्न सफल बनिसकेको छ।

चीनमा जेएमसिका ट्राभलर भ्यान र कार्गो ट्रकलगायतका अन्य अरु सवारीसाधन पनि उपलब्ध रहेका छन्। चिनियाँ बजारको सफलतापछि नेपाल भित्रिएको जेएमसिले आगामी दिनमा नेपालभित्र अन्य अरु मोडलका गाडी भित्र्याउने योजना राखेको जनाएको छ।

Logo