शरथार्थी प्रकरणः कानूनी सर्वोच्चता मात्र प्रमाणित भएको प्रधानमन्त्रीको दाबी

शरथार्थी प्रकरणः कानूनी सर्वोच्चता मात्र प्रमाणित भएको प्रधानमन्त्रीको दाबी


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, हाई प्रोफाईल हुँदैमा कोही पनि कानून भन्दा माथी नभएको बताएका छन्।बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले सरकारले गरेको शरणार्थी प्रकरणको सफल अनुसन्धानले हाई प्रोफाईल भएका व्यक्तिहरु कानून भन्दा माथि छन् भन्ने आम मनोविज्ञान गलत पुष्टि गरेको दाबी गरेका हुन्।

‘हाई प्रोफाईल व्यक्तिहरु कानून भन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनिरहेको थियो। त्यसले जनतामा ठूलो आक्रोश जन्माई पनि रहेको थियो। त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकरात्मक धारणा बनिरहेको थियो’ उनले भने ‘नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले गरेको ईतिहासकै ठूलो अनुसन्धान र कारवाही पछि जनतामा विश्वास जाग्न सुरु भएको छ।’

त्यस्तै उनले उच्च पदस्तहरु र देशको एउटा वर्ग कानून भन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणीत हुँदै गएको बताए। लोकतन्त्रको सर्भिसिङ र सुद्धिकरण पनि सुरु भएको भन्दै उनले शुद्धिकरण निरन्तर चलिरहने विश्वास दिलाए। 

‘यो प्रकरणको सफल अनुसन्धानबाट सरकारले कानूनी सर्वोच्चता मात्र प्रमाणित गरेको छैन। लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ।’ उनले भने ‘उच्च पदस्तहरु र देशको एउटा वर्ग कानून भन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणीत हुँदै गएको छ। लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण पनि सुरु भएको छ। संसद र जनतालाई विश्वास दिलाउछु यो शुद्धिकरण यहि रोकिदैन। ’

Logo