प्रचण्डको जातीय अभिव्यक्तिदेखि वडाध्यक्षको जुवा मोहसम्म (भिडियो बुलेटिन)

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमूलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सबै किसिमका विभेदको अन्त्य र समानताका लागि संविधान संशोधन गरेर भएपनि अघि बढ्ने बताएका छन् । त्यस्तै प्रहरीसँगको भनाभनपछि विवादमा तानिएकी गायिका आस्था राउतले अब ४ दिन हिरासतमा बस्नुपर्ने भएको छ । भनाभन लगत्तै सामाजिक सञ्जाल फेसबुकको भिडियो लाईभमार्फत प्रहरीमाथि आक्रोसपूर्ण अभिव्यक्ति दिएकी गायिका आस्थामाथि अभद्र व्यवहारको मुद्दा लागेको छ ।

विकसित देशहरुमा घट्दै गईरहेका बेला नेपालमा भने कैदीबन्दीको संख्या बढ्दो छ । सिमित कारागार र बढ्दो कैदीबन्दीका कारण देशभरका अधिकांश कारागारमा दोब्बर कैदिबन्दी राखिएका छन् ।

यता छिमेकी मुलुक चीनलगायतका देशहरुमा कारोना भाइरसले आतंक मच्चाइरहेको छ । एक जना नेपालीमा पनि यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ । सरकारले पनि उच्च सतर्कता अपनाएको बताइरहेको छ ।

प्रस्तुत छ, आजको केन्द्रबिन्दु टप ५ बुलेटिन 

सम्बन्धित समाचारहरु

ताजा समाचार