ललिता निवास प्रकरणमा अध्यक्ष ओलीको टिप्पणीः ‘मैले राम्रोसँग बुझेको छैन’

ललिता निवास प्रकरणमा अध्यक्ष ओलीको टिप्पणीः ‘मैले राम्रोसँग बुझेको छैन’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले ललिता निवास प्रकरणबारे आफूलाई प्रष्ट थाहा नभएको बताएका छन् । 

आईतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष ओलीले ललिता निवास प्रकरण लगायतका काण्ड आफूले राम्रोसंग नबुझेको तर्क गरेका हुन् । सञ्चारकर्मीको प्रश्नमा उनले भने,‘ललिता निवास प्रकरणलगायत भ्रष्टचारको काण्ड मैले राम्रो संग बुझेको छैन । के गरिरहेको छ राम्ररी बुझेको छैन बुझ्न बाँकी छ ।’ 

त्यस्तै, कोशी प्रदेश नामाकरणको विषयमा आफ्नो पार्टीका सांसदमाथि आक्रमण भएको भन्दै असन्तुष्टि पोखे । अन्य दल आफ्नो जिम्मेवारीबाट भागेको उनको आरोप छ । ‘नामकरणको विषयमा हाम्रो मान्यहरुलाई आक्रमण भईरहेको छ भन्ने विषयमा हाम्र्रो ४० को संख्या छ । ’ उनले भने, ‘८६ कि कतिले पास गरे,अनि कांग्रेस कहाँ गयो ? माओवादी कहाँ गयो? जसपा कहाँ गयो? भागे हैन सबै ? तर हाम्रो पार्टी भाग्दैन । ’

Logo