हातमा ठूलो सर्टिफिकेट भएर केही हुन्न, मति भ्रष्ट छ भने समाजका लागि घातक हाेः अध्यक्ष ओली

हातमा ठूलो सर्टिफिकेट भएर केही हुन्न, मति भ्रष्ट छ भने समाजका लागि घातक हाेः अध्यक्ष ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजले मौलिक संस्कृति र पहिचान भुल्दै गएको गुनासो गरेका छन्। 

भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्लो समय नेपाली समाजमा सांस्कृतिक विचलन आउन थालेको भन्दै त्यसलाई सुधारेर राम्रा कुराको प्रचार हुनुपर्ने बताएका हुन् । 

उनले भने, ‘मौलिक परम्परा भन्दा, सभ्यता र संस्कृति भन्दा फरक हाम्रो आफ्नो पहिचान भन्दा फरक, मातृ देवो भव, पितृ देवो भव, गुरु देवो भव भन्ने हाम्रो संस्कृती हो । आमालाई हामी स्वर्ग भन्दा बढी आरदरणीय पुजनीय मान्छौं । पितालाई त्यसैगरी मान्छौं देव तुल्य । त्यस ठाउँमा अहिले अलि फरक संस्कृति आउन थालेको छ । गुरुलाई नमान्ने हेला गर्ने, बा आमालाई नमान्ने हेला गर्ने आदरभाव नदेखाउने यस्तो भाव बढेको छ ।’ 

यो प्रवृति गलत भएको बताएका उनले केही ठाउँमा यस्ता प्रवृति भएपनि त्यस्तो मात्रै छ भन्न नमिल्ने भन्दै त्यस्तलाई निरुत्साहित गर्नु पर्ने बताए । शिक्षा भएर मात्रै केही नहुने तर मती भ्रष्ट छ भने समाजका लागि घातक हुने बताए । उनले भने, ‘मति राम्रो हुनु सुमति हुनु सबैभन्दा ठुलो कुरा हो । पढाई देखाई धेरै छ, सर्टिफिकेट ठूलो छ तर मति भ्रष्ट छ राम्रो छैन भने त्यो दुनियाँका लागि पीडाको विषय बन्छ ।’

त्यस्तै अध्यक्ष ओलीले आफूले देशका विभिन्न ठाउँको यात्रा गर्ने योजना बनाएको समेत बताए । उनले पश्चिमको झुलाघाटबाट सुरु गरेर पाँचथरको चिवा भञ्ज्याङसम्मको एक महिनाको यात्रा गर्ने र गाउँलेसंग अन्र्तक्रिया गर्ने योजना बनाएको सुनाए । 

Logo