प्रतिनिधिसभाको अवरोध खुलाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रतिनिधिसभाको अवरोध खुलाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गर्दैछन्।

सभामुख घिमिरेले अहिले बिहान ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिएसम्म संसद चल्न नदिने पार्टीको अडान यथावत् रहेको बताए।

प्रचण्डले गत असार १८ गते आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली गएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए। सिंहको जीवनकथामा आधारित पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेको हो।

Logo