घोराही सिमेन्टको आईपीओमा आजसम्म आवेदन दिन सकिने

घोराही सिमेन्टको आईपीओमा आजसम्म आवेदन दिन सकिने


घोराही सिमेन्टको आईपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेकाे छ।  लगानीकर्ताले साेमबार कार्यालय समयभित्र यस आईपीओमा आवेदन दिन सक्नेछन्। कम्पनीले २२ असारदेखि स्थगित आईपीओ पुनः बिक्रीमा ल्याएको हो।

यस कम्पनीले १ सयअंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर आईपीओ निष्कासन गरेको हो। जसअनुसार प्रतिकित्ता ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वासाधारणका लागि बिक्रीमा ल्याएको छ। यसअघि कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आईपीओ जारी गरेको थियो। 
 
कम्पनीले आईपीओ जारी गरेको ५औँ दिनमा धितोपत्र बोर्डले असार ४ गते आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो। कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आइपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जानकारी गराएको थियो। 

तथापि, धितोपत्र बोर्डले अध्ययन गरेर घोराही सिमेन्टको आइपीओमा फर्जी आवेदन दिने आवेदनकर्तासँग आइपीओ जारी गर्ने कम्पनी, निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो।

Logo