शीर्ष नेताको बैठक सकियो, सदन चल्न दिन एमाले सहमत

शीर्ष नेताको बैठक सकियो, सदन चल्न दिन एमाले सहमत


सदनको गतिरोध अन्त्यका लागि बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सोमबार दिउँसो बसेको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तसाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सकिएको हो ।  
 
बैठकबाट बाहिरिने क्रममा अब सदन खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ।’

सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले शीर्षनेताको बैठक राखेका हुन् । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ । 

आइतबार तीन शीर्ष नेताहरुले संसद खुलाउने विषयमा समझदारी गरेको २ घण्टामै समस्या उल्टिएको थियो । प्रधानमन्त्री प्रचण्डले संसदमा प्रष्टीकरण दिएपछि संसद खुलाउने समझदारी भएको थियो । तर, संसद भवन पुगेलगत्तै अध्यक्ष ओलीले अडान फेरेका थिए 

Logo