अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँमा

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँमा


अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँमा आइपुगेका छन्।

उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मन्त्रीहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नेछन् र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्नु हुने दूतावासले जनाएको छ।

यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने जनाइएको छ। साथै उनले नेपालीहरूलाई विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने छन्। उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए।

Logo