पछिल्ला १० बर्षमा भएका सुन तस्करीको छानविन गर्न सांसद सुवालकाे माग

पछिल्ला १० बर्षमा भएका सुन तस्करीको छानविन गर्न सांसद सुवालकाे माग


नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पछिल्ला १० बर्षमा भएका सुन तस्करीको बारेमा छानविन हुनुपर्ने बताएका छन् ।

बुधबार संसद बैठकमा बोल्दै सांसद सुवालले बहु दल र गणतन्त्रको ३४ बर्ष यता भएका सबै काण्ड र प्रकरणको बारेमा पनि खोजी हुनुपर्ने बताए ।

'१० वर्षमा त्रिभूवन विमानस्थलबाट ४ हजार १ सय १७ किलो सुनको तस्कर कसरी भयो ? बहुदल र गणतन्त्रको ३४ वर्ष यता ठमेलको सार्वजनिक स्थल कमलपोखरीमा छायाँ कम्प्लेक्सको निर्माण कसरी भयो ? ललिता निवासमा व्यक्तिको नाममा कसरी दर्ता भयो ? नेपाली नागरिकलाई नक्कली भुटानी शरणर्थी कसरी बनाइयो ?'उनले साेधे । 

सांसद सुवालले कुनकुन प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको पालामा के कति सुन तस्करी भयो भन्ने बारेमा पनि छानविन गर्न आवश्यक भएको बताए । उनले दलका कुनकुन नेताले सुन तस्करहरुलाई दुहुनो गाई बनाई राखेका छन भन्ने विषय सार्वजनिक गर्न अवश्यक भएको बताए । 

भारतीय शासक वर्गले नेपालमा प्रधानमन्त्री बनाउने बारेमा पनि बुझ्न आवश्यक भइसकेको बताउँदै सांसद सुवालले यी सबै कुराको छानविन गरि दोषीलाई कारवाही गर्न आवशयक भएको बताए । 

Logo